जिल्लाको दक्षिणी गाविस डम्वर्खुशिवालय–१ स्थित काभ्रेखोलामा हत्या गरेर फालिएको महिलाको शव शनिबार दिउँसो फेलापरेको हो । मृत फेलापरेकी अन्दाजी २८/३० वर्षीया महिलाको शव परीक्षणका लागि प्राथमिक स्वास्थ्य केन्द्र, चिसापानी पुर्याइएको जिल्ला प्रहरी कार्यालय, खोटाङका प्रहरी नायब उपरीक्षक नवीनकिशोर प्रधानले बताए । घटनास्थलमा आलै रगत र मृत महिलाको घाँटी तथा शरीरको विभिन्न भागमा धारिलो हतियारको चोट…