भीमदत्तनगर, असोज १५ । कन्चनपुरको झलारी पिपलाडी–४ असैनाका २२ वर्षीया जीविका रानाको शंकास्पद मृत्यु भएको छ । शुक्रबार राति मृतक रानाका श्रीमान् बलराम रानाले श्रीमतीलाई वन समिति दक्षिण क्षेत्रमा मोटरसाइकलले ठक्कर दिएको भन्दै प्रहरीमा जानकारी गराएका थिए । ‘हत्या घटनालाई लुकाउन दुर्घटनातर्फ ध्यानकेन्द्रित गरेको जस्तो देखिन्छ’– इलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक सुदाम रावलले…