भीमदत्तनगर, २५ असार । शुक्रबार साँझ कञ्चनपुरको भीमदत्तनगर बजारबाटै महिलाले लगाएको सुनको सिक्री लुटेर भागेका दुई भारतीय लुटेरालाई प्रहरीले महाकाली नदी क्षेत्रबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक पदम थापाले सुनको सिक्री लुट्ने भारतको खटिमाका १८ वर्षीय अजय शर्मा र २२ वर्षीय सल्लान अन्सारीलाई जिल्ला प्रहरी कार्यालयको टोलीले महाकाली नदीबाट पक्राउ गरेको…