काठमाडौं, असार १९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही जिविसमा कार्यरत नासु विपिनकुमार कर्णले पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली देखिएकाले आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता कृष्णहरि पुस्करका अनुसार नासु कर्णले सुरु नियुक्ति एवम् बढुवा प्रयोजनका लागि पेस गरेको विहार विद्यालय परीक्षा समितिबाट सन् १९८२ मार्चमा मध्यमा तहको परीक्षा उत्तीर्ण…