काठमाडौं, चैत १५ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले ठूलो परिमाणको लागूपदार्थ कोकिनसहित दुई महिलालाई पक्राउ गरेको छ ।दक्षिण अफ्रिकी महिला एम्पाथोनी एम्साने र भारतीय महिला मेर्सीलाई प्रहरीले २ दशमलव ७२ लिटर परिमाणको तरल कोनिकसहित पक्राउ गरेको हो ।बरामद भएको कोकिनको मूल्य ५ करोड ४० लाख रुपैयाँ बराबर हुने पनि प्रहरीले जनाएको छ ।नेपालमै पहिलोपटक…