काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले सबै सरकारी अस्पतालहरुको सेवामा सुधार ल्याउने बताउनुभएको छ । बुधबार अपरान्ह स्वास्थ्य सचिव डा. रोशन पोखरेलसहित वीर अस्पतालको सबै शाखाको अनुगमन गरेपछि सञ्चारकमीमाझ स्वास्थ्यमन्त्री यादवले सो प्रतिक्रिया दिनुभएको हो । स्वास्थ्यमन्त्री यादवले आफूले वीर अस्पतालबाट सरकारी अस्पतालहरुको अनुगमनको काम शुरु गरेको उल्लेख गर्दै सबै अस्पतालहरुको अनुगमन गरी सुधार…