पश्चिम अष्ट्रेलियाका २० वर्षीय ज्याक मिचेल नाम गरेका ती युवकको बूढीऔंला भाँचिएपछि सिड्नी आँखा अस्पतालका लिड सर्जन डा.सीन निकलिनले युवककै खुट्टाको बूढीऔंला काटेर हातमा जोडिदिएका हुन् । मिचेलकाअनुसार गत अप्रिलमा आफ्नै फार्महाउसमा काम गरिरहेको समयमा गोरुले कुल्चिँदापछि उनको दाहिने हातको बूढीऔंला भाँचिएको थियो । उनले भने–‘गोरुले खुट्टाले बूढीऔंला कुल्चिदिएपछि भाँचिएको र त्यसपछि तत्काल बरफले सेकेको…