झापा, असार १ । चालु आवको ११ महिनाको अवधिमा नेपाल रेडक्रस सोसाइटी झापाले बिरामीलाई ११ हजार पिन्ट उपलब्ध गराएको छ । जिल्लाको तीनओटा ब्लड बैंक र तीन ओटा ब्लड युनिटबाट उक्त परिमाणमा रगत उपलब्ध गराइएको नेपाल रेडक्रस सोइसाइटी झापा शाखाका सभापति लोकराज ढकालले जानकारी दिए । जिल्लामा रगतको मागसँगै आपूर्ति पनि बढ्दै गएको छ ।…