स्वास्थ्य सेवा विभागका महानिर्देशक डा.राजेन्द्र पन्तले ७५ जिल्लाका सबै स्वास्थ्य प्रमुखलाई परिपत्र गर्दै आफ्ना जिल्लाका हरेक मतदान केन्द्रलाई लक्ष्य गर्दै आकस्मिक सेवाका लागि तयार रहन निर्देशन दिइएको जानकारी दिए । उनले भने, ‘हामीले मतदान हुने दिनसम्म चिकित्सक, स्वास्थ्यकर्मी कसैलाई पनि बिदा वा काजमा नबस्न पत्र लेखेका छौँ । मतदानका समयमा मतदानमा देखिन सक्ने स्वास्थ्य समस्यालाई…