१० बैशाख २०८२, बुधबार | Thu Apr 24 2025


रौतहटमा साताव्यापी निःशुल्क स्वास्थ्य शिविर सन्चालन

गौरमा सन्चालित शिविरमा उपचार गराउन आउनेको भीड लागेको छ । स्वास्थ्य मन्त्रालय र नेपाली सेनाले संयुक्तरुपमा सन्चालन गरेको शिविरमा दक्ष चिकित्सकसहितको टोलीले सेवा दिइरहेको छ । स्तरीय उपचार पाइने आशामा रौतहटसहित बारा, सर्लाही र छिमेकीमुलुक भारतका बिरामीसमेत शिविरमा आएका छन् । शिविरमा रोगको पहिचानदेखि शल्यक्रियासम्मको सेवा उपलब्ध गराइएको नेपाली सेनाका महासेनानी उदयराज बज्राचार्यले जानकारी दिए…