सो संस्थासम्बद्ध अस्पतालहरुमा कार्यरत् चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धि, स्वास्थ्य सूचना प्रणालीको सुदृढीकरण र टेलिमेडिसिनको क्षेत्रमा सहयोग गर्ने गरी समझदारी गरिएको हो । सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा ‘एम्स’का मेडिकल निर्देशक डा. प्रेम नायरले माता अमृतानन्दमयीले स्थापना गरेको एम्सले नेपालका सामुदायिक अस्पतालहरुमा सहयोग गरेको जानकारी दिए । उनले यी अस्पतालहरुमा उपचाररत् बिरामीहरुलाई अन्तर्राष्ट्रियस्तरको स्वास्थ्य सेवा…