काठमाडौं, असोज १३ । नेपाल चिकित्सक संघले चरिकोटको प्राथमिक स्वास्थ्य केन्द्रमा भएको घटनाकाबारेमा सरकारलाई तीनबुँदे ध्यानाकर्षणपत्र बुझाउँदै २४ घन्टाभित्र त्यसको सुनुवाइ गर्न माग गरेको छ । ती मागमा दोलखाका सहायक प्रमुख जिल्ला अधिकारीलाई फिर्ता बोलाइ विभागीय कारबाही गर्नुपर्ने र चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि गाली, बेइज्जती, गुन्डागर्दी तथा तोडफोड कार्यमा संलग्न हुने व्यक्ति तथा समूहलाई…