कञ्चनपुर, भदौ ७ । बिद्युतको भरपर्दो व्यवस्था नहुँदा कञ्चनपुरको झलारी स्वास्थ्य चौकीमा रहेको प्रसूति गृह (बर्थिङ सेन्टर)मा प्रसूति गराउन पुग्ने आमाले मैनवत्तीको उज्यालोमा शिशुलाई जन्म दिनुपर्ने बाध्यता रहेको छ । बिद्युत जडानको कार्य राम्ररी नगरिँदा र बिद्युतको बैकल्पिक व्यवस्था नहुँदा प्रसूतिका लागि पुग्ने आमाले मैनबत्तीको उज्यालोमा शिशुलाई जन्म दिनुपर्ने भएको हो । दैनिक प्रसूति गृहमा…