भारतको केरलास्थित तिरुवनन्तपुरममा श्रीहरी नामले चिनिने गणेशानन्द तीर्थपदा पारिवारिक धर्मगुरुले पटक पटक बलात्कार गरेपछि उचित मौका पारेर लिंग नै काटिदिएको पीडित युवतीले बताएकी छिन् । तिरुवनन्तपुरम प्रहरी कार्यालयमा यस घटना उजुरी परेपछि केरलाका मूख्यमन्त्री पी.विजयनले ती युवतीको तारिफ गर्दै साहसिक कार्य गरेको बताए । त्यस्तै, अहिले ती युवतीको कार्यलाई महिलावादीहरुले हिम्मतवाला काम गरेको भन्दै सर्मथन…