काठमाडौं, चैत १ । प्राध्यापक एवं साहित्यकार डा. दुर्गाप्रसाद भण्डारीको ८४ वर्षको उमेरमा शनिबार निधन भएको छ । एक हप्ताअघि ह्याम्स अस्पताल भर्ना भएका साहित्यकार भण्डारी लामो समयदेखि अल्जाइमर्स तथा फोक्सोसम्बन्धी रोगबाट पीडित थिए । उनको शनिबारै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । भण्डारीको रोटी र फुल, त्यो घर्ती त्यो आकाशलगायत निबन्धसंग्रह प्रकाशित छन्…