काठमाडौं, पुस १३ । प्रख्यात उर्दु कवि एवं गजलकार मिर्जा गालिबको जन्मजयन्तीको अवसर पारेर शुक्रबार काठमाडौंमा गजलवाचन कार्यक्रम आयोजना गरियो । उर्दु एकेडमीले आयोजना गरेको कार्यक्रममा नेपालका कवि तथा गजलकारहरुको सहभागिता रहेको थियो । समारोहमा उपस्थित साहित्यकारहरुले उनीप्रति समर्पित गजलका अंशहरु प्रस्तुत् गरेका थिए । उनीहरुले गालिबप्रति समर्पण गर्दै गजलहरु सुनाएका थिए ।