काठमाडौं, असोज २८ । पत्रकारद्वय रेखा शाक्य र शरण डंगोलले समाचार संकलनकै क्रममा खिचेका जात्रापर्वहरुको जानकारीसहितको फोटो संग्रह प्रकाशित गरेका छन् । ‘जीवन्त संस्कृतिहरु’ नाम दिइएको उक्त संग्रहको पुस्तक परिचय कार्यक्रममा उक्त विषयमा जानकारी गराइएको हो । लेखकद्वय शाक्य र डंगोलले यो पुस्तक समाजमा विद्यमान पूर्खाका धरोहर, संस्कृति र परम्परा जगेर्नाको लागि आफूसँग भएको शीप…