काठमाडौं, भदौ २ । लोपोन्मुख लोहोरुङ भाषालाई संरक्षण गर्ने उद्देश्यले लोहोरुङ भाषाको पुस्तक प्रकाशन गरिएको छ । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा लोहोरुङ भाषाको पुस्तक ‘पाङ्लुम्’ विमोचन गरिएको हो । बोलीचालीकारुपमामात्र रहेको लोहोरुङ भाषालाई पुस्तकको माध्यमबाट लिपिबद्ध गरेर भाषा संरक्षणका निम्ति पुस्तक लेखिएको लेखक जयकुमार राईले बताए । कार्यक्रममा भाषा आयोगका सदस्य डा. लवदेव अवस्थी र…