काठमाडौं, वैशाख २० । गत शुक्रबार बंगलादेशको राजधानी ढाका गएको नेपाली साहित्यकारहरुको टोली नेपाल फर्किएको छ । ढाकामा आयोजित साहित्यिक तथा सांस्कृतिक अन्तरक्रिया कार्यक्रममा सहभागी भएर उक्त टोली स्वदेश फर्किएको हो । साहित्य र संस्कृतिको आदानप्रदानमार्फत् नेपाल र बंगलादेशबीच रहेको साहित्यिक, सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउन कार्यक्रम आयोजना गरिएको हो । सोही कार्यक्रममा नेपाल स्रष्टा…