आइतबार राजधानीमा आयोजित कार्यक्रममा माओवादी नेता दीनानाथ शर्माको निवन्धसंग्रह ‘बाह्रखरीको बोटमुनी’ विमोचन गर्दै दाहालले अन्य पार्टीहरुसँग पनि एकताको प्रक्रिया अघि बढाउने बताए । आफ्नो इच्छा हुँदाहुँदै पनि साहित्यमा सक्रिय हुन नपाएको भन्दै दाहालले आफू प्राकृतिकरुपले नै अलि बढी संवेदनशील रहेको बताए । ‘म कविता पढ्दा पनि बोलेर पढ्न सक्दिनँ, भावुक भइहाल्छु । उपन्यास र निबन्ध…