१० बैशाख २०८२, बुधबार | Wed Apr 23 2025


संस्कृत साहित्य तथा हिन्दु धर्मका ज्ञाता केशवशरणको निधन

८० वर्षीय आचार्यको बुधबार राती काठमाडौंमा उपचारका क्रममा निधन भएको हो । संस्कृत साहित्य र हिन्दू धर्मको प्रचारप्रसार तथा विकासमा सक्रिय आचार्य गीत तथा भजन रचना, रेडियो कार्यक्रम सञ्चालन, प्रवचन र पुस्तक लेखनका लागि प्रसिद्ध थिए । उनले लामो समय रेडियो नेपालमा धार्मिक कार्यक्रम सञ्चालन गरेका थिए ।