भदौको महिना थियो । न्वागी पर्व चेपाङहरूको महान् पर्व ।साइत पनि ज्योतिषलाई हेराएरै जुराए जस्तो हामी चेपाङ बस्तीतिर नै जाँदै थियौँ । चितवनमा नै धेरै समय बिताए पनि उपरदाङगढी जाने अवसर भने मिलेको थिएन । योजना नबनाएको त होइन तर धेरै योजनाहरू विफल भइसकेका थिए । ऐतिहासिक महत्व बोकेको गढी चितवनको पुरानो सदरमुकाम समेत रहेको…