शनिबार राजधानीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा गीतकार डा. कृष्णहरि बरालले उक्त गजलसंग्रहको विमोचन गरेका हुन् । डा. कृष्णहरि बरालले ‘विपिन मर्मको गजलसंग्रहका गजलहरुले प्रेम, वियोग, समसामयिकता, देशप्रेम, प्रकृतिप्रेमलगायतका विविध पक्षहरु उत्कृष्ट ढंगले प्रस्तुत् गरी पुस्तकलाई गहकिलो स्वरुप दिन सफल भएको’ बताए । सो गजलसंग्रहको गजलकार पोष्टराज चापागाइँले समीक्षा गरेका थिए । हातेमालो साहित्य संगमले…