Logo २८ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025


हरिवंशको ‘हरिबहादुर’ सार्वजनिक

शनिबार राजधानीमा गरिएको कार्यक्रममा लेखक आचार्य र अर्का वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठले संयुक्तरुपमा उपन्यास विमोचन गरेका हुन् । हरिबहादुर उपन्यासमा समकालीन राजनीतिका विभिन्न घटनाक्रमको माध्यमबाट आममानिसको आकांक्षा र समाधानको उपाय प्रस्तुत् गरिएको छ । आगामी जेठ ५ गतेदेखि देशका विभिन्न स्थानहरुमा पुस्तकयात्रा हुने जानकारी पनि सो अवसरमा दिइएको थियो ।