काठमाडौं, असार २१ । प्रधानमन्त्री केपी शर्मा ओलीले साहित्यकार झमककुमारी घिमिरेको स्वास्थ्यमा सुधार ल्याउन र शारीरिकरुपमा सवल बनाउन सरकारले सहयोग गर्ने बताएका छन् । साहित्यकार घिमिरेको ३५औं जन्मदिनको अवसरमा मंगलबार राजधानीमा गरिएको कार्यक्रममा प्रधानमन्त्री ओलीले साहित्यकार घिमिरेलाई ५ लाख रुपैयाँ उपचार खर्च दिने निणय भएको जानकारी दिए । सो अवसरमा प्रधानमन्त्री ओलीले साहित्यकार झमक घिमिरेको…