-रिश्मा थापा मनमा कुरा खेल्दै थिए । भेट्ने वित्तिकै के भनुँ अनि के ,बोलुँ ? नमस्कार सुवास जी भनुँ कि हाइ ? बडो दोधारमा परेँ । सुवास चैं मेरो मङ्गेतर....हिजो मात्रै हाम्रो विहेको कुरा छिनिएको .. उसकै विशेष अनुरोधमा घर देखि अलिक परको रेष्टुरेन्टमा कफिका लागि जाँदै थिए । चर्को घाम लागिरहेको थियो । छाता…