काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६१ किलो सुन तस्करीमा संलग्न दावा छिरिङसँग कनेक्सन देखिएर तस्करी प्रकरणमा मुछिएका अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहितका कर्मचारीको सम्पत्ति छानबिन थालेको छ । छानबिनका क्रममा सुन तस्करीमा मुछिएकाहरूको दावासँगको कनेक्सन पत्ता लगाउन अख्तियारले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सँग दावाको कल डिटेल्स मागेको छ । अख्तियारका एक अधिकारीले…