काठमाडौं । गत आर्थिक वर्षमा बैंकहरूको नाफामा वृद्धि भए पनि लाभांश दिने क्षमता भने घटेको छ । वितरणयोग्य मुनाफा घटे पनि निक्षेपको तुलनामा कर्जाको ब्याजदर उच्च र कर्जा बिस्तारमा भएको वृद्धिका कारण बैंकहरूको नाफा भने बढेको देखिएको छ । तर, बैंकहरूको खराब कर्जा बढ्दा वितरणयोग्य नाफा भने कम भएको छ । बैंकहरूले सेयरधनीलाई भन्दा पनि…