काठमाडौं । काठमाडौं मातातीर्थका रमेश इटनी दम्पतीको सोमबार बिहानको रौनक भिन्नै थियो। पत्नी मेनुकासहित बिहे भोजको पोसाकमा सजिएका थिए रमेश। चालक रमेश मोटरसाइकलको अगाडि बसे, पत्नी मेनुका पछाडि। बिहान ९ बजेतिर दुवैजना घरबाट निस्किए। घरबाट निस्केको करिब १५ मिनेटपछि सतुंगल आइपुगे उनीहरू। सतुंगलमा उनीहरू चढेको मोटरसाइकललाई पछिबाट आएको बसले ठक्कर दियो। बसको ठक्करबाट मेनुका गम्भीर…