काठमाडौं । चारदिने भारत भ्रमणका लागि बुधबार नयाँ दल्ली आएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई विमानस्थलमा भारत सरकारका विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छिन्। लेखीसहित विदेश मन्त्रालयका अधिकारी र दिल्लीस्थित नेपाली राजदूत शंकर शर्मा पनि विमानस्थल पुगेका थिए। प्रधानमन्त्री दाहालको स्वागतका लागि विमानस्थलबाहिर सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रदर्शन गरिएको थियो। तेस्रो पटक सरकारको नेतृत्वमा आएको पाँच…