काठमाडौं, असोज १४ । सरकारले राज्यको ढुकुटीबाट आफूनिकट ४४ कार्यकर्तालाई जथाभाबी रकम बाँडेको खुलेको छ । असोज २ को मन्त्रिपरिषद बैठकले गृहमन्त्रालयको प्रस्तावमा सत्तारुढ कांग्रेस–माओवादी केन्द्रनिकट ४४ कार्यकर्तालाई ५० हजार रुपैयाँदेखि ५ लाख रुपैयाँसम्म बाँडिएको हो । प्रधानमन्त्री कार्यालय स्रोतअनुसार त्यस दिन आर्थिक सहायताका नाउँमा एक करोड रुपैयाँभन्दा बढी रकम बाँडिएको थियो । यसअघि पूर्वराष्ट्रपति…