काठमाडौं, भदौ १६ । भूकम्पले क्षतिग्रस्त राणाकालीन दर्जनौं दरबार पुरानै अवस्थामा टिकाइराख्न मुस्किल पर्ने भएको छ । पुरातत्व विभागले ती दरबारहरुलाई सकेसम्म जोगाउन वा पुरानै मौलिक स्वरुपमा पुनर्निर्माण गर्न भनेको छ । तर क्षतिग्रस्त सबै दरबार त्यसरी बनाउन सम्भव नभएको सहरी विकास मन्त्रालयका प्राविधिकहरु बताउँछन् । राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीका सहित दर्जनौं प्रमुख सरकारी कार्यालय…