काठमाडौं, भदौ १३ । प्रधानमन्त्री पुष्पकमल दाहाल आसन्न भारत भ्रमणको गृहकार्यमा जुटेका छन् । ३० भदौदेखि हुने भ्रमण मितिलाई आधार बनाएर सरकारले अनौपचारिक रुपमा गृहकार्य अगाडि बढाएको छ । प्रधानमन्त्रीको विशेष दूतका रुपमा उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि दिल्ली गएका बेला ३० भदौदेखि १ असोजसम्मका लागि प्रधानमन्त्रीको भारत भ्रमण मिति तय भएको थियो । यद्यपी,…