काठमाडौं । राजसंस्था पुनर्स्थापनाका लागि भन्दै गठित समितिका संयोजक नवराज सुवेदीले नेपालमा राजसंस्थाको पुनर्स्थापना नभएसम्म आन्दोलन जारी रहने बताउनुभएको छ । तीनकुने घटनाका बारेमा सत्यतथ्य छानबिनका लागि राष्ट्रिय मानव अधिकार आयोग तथा नेपालस्थित संयुक्त राष्ट्रसंघको मानव अधिकार उच्च आयोगमा ज्ञापनपत्र बुझाएपछि आपयोजित पत्रकार सम्मेलनमा संयोजक सुवेदीले यस्तो बताउनुभएको छ । उहाँले राजसंस्था पुनर्स्थापना हुनुपर्ने, नेपाल…