काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले गुणात्मक, स्तरीय र प्रतिष्पर्धी चलचित्र निर्माणमा ध्यान दिन आग्रह गर्नुभएको छ । शितल निवासमा आयोजित कार्यक्रमलाई सोमवार सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सिमित बजारबाट हुर्केको चलचित्रको बजार आजको स्थितिमा विस्तार हुनु खुशीको कुरा भएको बताउनुभयो । चलचित्रका माध्यमबाट राष्ट्रिय लोककथा, गीत, संगीत, भाषा, साहित्य, संस्कृति, सांस्कृतिक पहिचान, राष्ट्रियता, मौलिकता, विभिन्न जातजाति,…