१८ चैत्र २०८१, सोमबार | Mon Mar 31 2025


हल्लाको पछि नलाग्नोस् : प्रधानमन्त्री

काठमाडौं, चैत २२ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले अध्यादेशबाट न्यायाधीश नियुक्ति गर्ने हल्लाको पछि नलाग्न आग्रह गरेका छन् ।सोमबार राजधानीमा आयोजित एमाले नेता स्वर्गीय रामनाथ ढकालको प्रथम स्मृतिसभामा बोल्दै प्रधानमन्त्री ओलीले ‘अध्यादेशबाट न्यायाधीश बनाउने कुरा आधारहीन हल्ला हो’–भने ।एमालेका नेता स्वर्गीय ढकालको एक वर्षअघि ‘स्वाइन फ्लू’बाट निधन भएको थियो ।