काठमाडौं, वैशाख २४ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले दलहरुमा देखिएको सत्तालिप्साले मुलुकले ठूलो क्षति व्यहोर्नु परिरहेको टिप्पणी गरेका छन् । काठमाडौं कलेज अफ मेनेजमेन्टले राजधानीमा गरेको कार्यक्रममा उनले सत्तामोह त्यागेर देश र जनताप्रति समर्पित हुनुपर्ने समय आएको बताए । अनुशासन, मिहिनेत र लगनशीलताबाट मुलुकको समृद्धि सम्भव हुने भएकाले त्यसतर्फ समर्पित हुन युवाहरुलाई उनको आग्रह…