काठमाडौं, वैशाख १० । व्यवस्थापिका संसदको नियमावली मस्यौदा गर्न बनेको समितिले सर्वस्वीकार्य मस्यौदा तयार गर्न नसकेपछि विवादित विषयको सूचीसहितको मस्यौदा संसदमा पठाउने तयारी थालेको छ । संसदीय सुनुवाई लगायतका विवादित विषयमा प्रश्नावली निर्माण गरेर मतदानको तयारी गरिसकेको अवस्थामा मतदानकै विषयमा समेत विवाद देखिएपछि समिति मस्यौदा निर्माणबाट पन्छिने तयारीमा जुटेको हो । समितिको यो तयारीसँगै प्रधानन्यायाधीश,…