काठमाडौं, वैशाख १ । राजनीतिक दलहरुका सन्दर्भमा वर्ष २०७२ उतार चढावमा बित्यो । यो वर्ष संसदमा सबैभन्दा ठूलो दलको नेतृत्व परिवर्तन भयो भने दोस्रो ठूलो दलले सरकारको नेतृत्व गर्ने अवसर पायो । मुलुकको पुरानो राजनीतिक दल नेपाली कांग्रेसका लागि वर्ष २०७२ एउटा पर्वजस्तै बन्यो । हरेक पाँच वर्षमा पार्टीको महाधिवेशन गर्ने गरेको कांग्रेसले ६ वर्षपछि…