काठमाडाैं । नेकपा संयुक्तका कार्यवाहक अध्यक्ष घनश्याम भुसालले राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलहरुसँग पनि मुलुकलाई निकास दिने कुनै एजेण्डा नभएको टिप्पणी गर्नुभएको छ । विराटनगरमा शुक्रबार स्थानीय सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्ताे दावी गर्नुभएको हो । कार्यवाहक अध्यक्ष भुसालले पुराना भनिएका दलहरुले मुलुकमा संकट निम्त्याएको तर त्यो संकटलाई समाधान दिनसक्ने नयाँ भनिएका दलहरुमा पनि नदेखिएकाे…