तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाले सडक आसपासमा वृक्षारोपण गर्ने भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यका साथ सडक आसपासका क्षेत्रमा वृक्षारोपण गरी हरियाली प्रवर्द्धन गर्न लागिएको गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताउनुभयो । यसैगरी पालिकाका सबै घरलाई जस्तापाता वितरण गर्ने र खर तथा फुसको छानामुक्त पालिका घोषणा गर्ने कार्यक्रम पनि गाउँपालिकाको छ । पालिकाभित्रका अधीकांश वडा…