७ बैशाख २०८२, आइतबार | Mon Apr 21 2025


ताप्लेजुङमा चट्याङ लागेर ६० वर्षीय वृद्धको मृत्यु

काठमाडाैं । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा शुक्रबार राति चट्याङ लागेर एक जना वृद्धको मृत्यु भएको छ । शुक्रबार राति सिदिङ्वा गाउँपालिका–६ मेहेलेका ६० वर्षीय श्रीप्रसाद कडरियाको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको हाे । शुक्रबार राति करिब ८ बजे घरैमा बसिरहेको अवस्थामा कडरीयलाई चट्याङ लागेको थियो । चट्याङका कारण अन्य क्षति भने भएको…