सुर्खेत । कर्णाली प्रदेशसभा बैठक स्थगित भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको बैठक मत विभाजनमा प्रवेश नगरी बुधबारसम्मका लागि स्थगित भएको छ । मंगलबारको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्नुभएको छ । बैठक सुरू भएलगत्तै सभामुख राजबहादुर शाहीले संसद आह्वानका लागि प्रदेश प्रमुखले पठाएको पत्र वाचन गरेर…