काठमाडाैं । देशैभर एलपी ग्यासको अभाव देखिएसँगै सर्वसाधारणले सास्ती भोग्नुपरेको छ । पोखरा क्षेत्रमा पनि ग्यासको आपूर्ति प्रभावित भएपछि उपभोक्ताहरू खाली सिलिण्डर बोकेर डिपोहरूमा लामो लाइन बस्न बाध्य भएका हुन् । जिल्ला प्रशासन कार्यालय कास्कीले बजारमा देखिएको यो असहज परिस्थितिलाई मध्यनजर गर्दै बजार अनुगमनलाई तीब्र पारेको छ । यसै क्रममा, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत…