हेटौंडा । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले दलहरूबीचको अन्तरद्वन्द्व हटाएर प्रदेश सभालाई व्यवस्थित ढंगले सञ्चालन गर्न आग्रह गर्नुभएको छ । बागमती प्रदेश सभाको चौथो वार्षिकोत्सवमा भएको कार्यक्रममा शर्माले संघीयताको प्रवलीकरण गर्नुपर्ने भन्दै संसदले रचनात्मक काम गर्नुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले संसदको मूल्यमान्यतालाई कुल्चने प्रयास भएको भन्दै त्यसलाई पार गर्दै प्रदेश सभाले चौथो वर्ष…