काठमाडौं । ललितपुर महानगरपालिकाले दुर्घटना न्यूनीकरण गर्ने उदेश्यले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई २ सय थान रबर कोन र ३० थान ह्विल लक प्रदान गरेको छ । सोमबार आयोजित एक कार्यक्रममा महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले महाशाखा प्रमुख जनक भट्टराईलाई यी सामग्री हस्तान्तरण गर्नुभएको हो । महानगरपालिका प्रमुख महर्जनले दुर्घटना न्यूनीकरणका लागि महानगर क्रियाशील रहेको बताउनुभयो ।…