सिन्धुली । सिन्धुलीका विभिन्न स्थानमा उत्पादन भएका मौसमी तथा बेमौसमी तरकारीले बजार पाएपछि स्थानीय कृषक खुशी भएका छन् । विगतका वर्षहरुको तुलनामा यसवर्ष अनुकूल मौसम भएका कारण सिन्धुलीमा मौसमी तथा बेमौसमी तरकारीहरु काउली, मूला, बन्दा, काँक्रो, गोलभेडा लगायतको उत्पादन बढेको छ । सिन्धुलीमा मौसमी तथा बेमौसमी तरकारी खेती उत्पादनका लागि उपयुक्त हावापानी रहेको र व्यवसायिक…