काठमाडौं । काठमाडौं महानगरपालिकाले कोचिङ सेन्टर र शैक्षिक परामर्श केन्द्रको नियमन गर्ने भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आइतबार आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैे कोचिङ सेन्टर र शैक्षिक परामर्श केन्दको अभिलेखीकरण गरेर व्यवस्थित ढंगले सञ्चालन गरिने बताउनुभयो । नीति तथा कार्यक्रममा करदाताको स्वास्थ्य बीमा गर्ने नीति ल्याइएको छ ।…