८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


बिमा रकमको लोभमा आफ्नै गाडीमा आगजनी, चालक र सहचालक पक्राउ

दाङ । दाङमा विप्लव सम्बद्ध नेकपासहितको चार दलले आयोजना गरेको बन्दको मौका छोपी आफ्नै गाडीमा आगजनी गर्ने चालक र सहचालक पक्राउ परेका छन्। उनीहरुले बिमा रकमको लोभमा परी आफैंले चलाउँदै आएको टिप्परमा आगो लगाएका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको हाे । घोराही–लमही सडकखण्डको बबई खोला पुलमा रा १ ख १६९४ नम्बरको टिप्परमा आगो लगाइएको हो…