६ बैशाख २०८२, शनिबार | Sun Apr 20 2025


अर्घाखाँचीका स्थानीय तहलाई स्वास्थ्य सामग्री वितरण

अर्घाखाँची, जेठ २८ । अर्घाखाँचीमा ६ वटा स्थानीय तहलाई करिब ३० लाख रुपैयाँको स्वास्थ्य सामाग्री हस्तान्तरण गर्न सुरु गरिएको छ । जसमध्ये जिल्लाका तीन नगरपालिका र तीन गाउँपालिकालाई दुई वटाका दरले १२ थान अक्सिजन कन्सेन्टेटर, प्रत्येक पालिकामा १० लिटरका दरले ६० लिटर सेनिटाइजर, एक हजार थान सर्जिकल माक्सलगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरिने बताइएको छ ।…